प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच भेटवार्ता सम्पन्न

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार १३:०२


काठमाडाैं, बैशाख १२ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज बुधबार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधि मण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध विस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतका मन्त्रीहरू सहभागी थिए । भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकुद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार नेपाल आएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....