काठमाडाैंकाे बलम्बुमा पार्किङमा राखेकाे बसमा एकाएक आगलागी, जलेर पूर्ण रूपमा क्षति

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १९:०९


काठमाडाैं, बैशाख १७ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरेर राखेको बसमा एकाएक आगलागी हुँदा बस जलेर पूर्ण रूपमा क्षति भएकाे छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार बलम्बुमा पार्किङ गरेर राखेकाे बा. ३ ख ६१७३ नम्बरकाे मिनी बसमा आज साेमबार आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो । साे आगलागीबाट कुनै मानवीय क्षति भने नभएकाे पनि प्रहरीले स्पष्ट पारेकाे छ ।

उक्त बस विगत दुई वर्षदेखि सोही ठाउँमा पार्किङ गरेर राखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवं चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौंले धनीलाई हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....