भाेलि बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार १९:२८


काठमाडाैं, बैशाख २३ ।
वागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेपालभाषा (नेवाः) र तामाङ भाषालाई भोलि बैशाख २४ गते काठमाडौंको बसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले बैशाख १२ गते निर्णय गरेनुसार बैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

भोलि प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कामपाकाे गाैशालास्थित सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरूमा महानगरकाे डाेजर

काठमाडाैं, जेठ ६ । काठमाडाैं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका.....

प्रहरी हिरासतमा रहेका ३५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडाैं, जेठ ६ । कैलाली प्रहरी.....

कार दुर्घटनामा परी ३८ वर्षीय चालककाे मृत्यु

काठमाडाैं, जेठ ५ । मोरङ विराटनगरमा आज.....