एनआईसी एशिया बैंकद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माणपश्चात् हस्तान्तरण

प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार २०:२९


काठमाडौं, बैशाख २३ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्नपश्चात् हस्तान्तरणसमेत गरिसकेको छ । विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरू निर्माण गरेको हो ।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका-१ मा अवस्थित श्री मोहन्याल माध्यामिक विद्यालय, मधेश प्रदेशको सिराहा जिल्लास्थित भगवानपुर गाउँपालिका-१ मा अवस्थित श्री बाला सुन्दरी माध्यामिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका-२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा अवस्थित श्री गौरीगञ्ज माध्यामिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिका-१ मा अवस्थित श्री पवित्रा माध्यामिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरूलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका-१४ मा अवस्थित श्री सिद्धार्थ माध्यामिक विद्यालय र लुम्बिनी प्रदेशको रूपन्देही जिल्लास्थित सियारी गाउँपालिका-४ मा अवस्थित श्री पब्लिक सेकेण्डरी स्कूलको पुस्तकालय भवनहरू निर्माण कार्य भइरहेको र साथै वागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका-७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यामिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रक्रिया अगाडि बढिसकेको छ ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कूल रु. २ करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको थियाे । यी पुस्तकालय भवनहरू निर्माणपश्चात् उक्त विद्यालयहरूमा अध्ययनरत् ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाईका सामाग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

काठमाडाैं, जेठ ६ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं.....

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की.....