वागमती प्रदेशमा साेमबारदेखि नेपालभाषाा र तामाङ भाषा पनि सरकारी कामकाजकाे भाषा कार्यान्वयन

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार ०८:५१


काठमाडाैं, बैशाख २४ ।
वगमती प्रदेशमा आज सोमबारदेखि तामाङ र नेपालभाषा (नेवाः) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुने भएकाे छ ।

वागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू हुन लागेको हो । यस अवसरमा वागमती प्रदेश सरकारले आज वागमती प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

२३ कात्तिक २०८० मा तामाङ र नेपालभाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशित गरिएकाे थियो । त्यसको १८० दिनपछि सोमबारलाई भाषा दिवस घोषणा गर्दै वागमती प्रदेश सरकारले ती भाषा सरकारी कामकाजको रूपमा कार्यान्वयनको औपचारिक आरम्भ गर्न लागेको हो ।

यसै अवसरमा सोमबार बिहान ९ बजे काठमाडाैंको बसन्तपुरमा विशेष कार्यक्रमकाे आयाेजना हुँदैछ । वागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा हुने कार्यक्रममा नेवाः र तामाङ समुदायका झाँकीसहितको र्‍याली निकाल्ने तयारी भइरहेकाे छ ।

अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपालभाषा पनि लेखिने भएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की जिल्लामा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले ११.....

प्रहरी हिरासतमा रहेका ३५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडाैं, जेठ ६ । कैलाली प्रहरी.....