स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार १२:१७


काठमाडाैं, बैशाख २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रबिन्द्र ढकालले समझदारी ज्ञापन-पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचारलगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरूमार्फत् नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरूमा १०% देखि २५% सम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरू, २ सय ८५ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

काठमाडाैं, जेठ ६ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं.....

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की.....