“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार १८:२४


काठमाडाैं, बैशाख २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले “८% नबिल डिबेञ्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत सम्पन्न भएकाे छ ।

नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले संयुक्त रूपमा सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्काशन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिने नबिल बैंकले जनाएको छ ।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब ८० करोड ऋण पूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋण पूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्काशन गर्न थालिएको हो । सर्वसाधारणको लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको पनि बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

काठमाडाैं, जेठ ६ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं.....

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की.....