प्रदेश नं २ मा हुने स्थानीय चुनावमा कांग्रेस अन्य दलसँग सहकार्य गर्न तयार :प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार १४:१३


जनकपुर, श्रावण २० ।
प्रधानमन्त्री एवं नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) असोज २ मा स्थानीय चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए ।

एक प्रश्नको जवाफमा उनेले नेपाली कांगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए । प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गरे ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग कांगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट पारेका छन् ।

 


प्रतिक्रिया

ताजा खबर

More

टिकटकबाट प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या अभियोगमा भक्तपुर बस्ने ३१ वर्षीया युवती पक्राउ

काठमाडाैं, असार १ । सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या गरेको.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....