प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका, वडा नं.-३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्युबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १० प्रतिशतका साथै आवास सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता-पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लिमिटेडका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया