दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान

काठमाडाैं, जेठ ३० ।
तीनकुनेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतले ज्यान मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश दिएसँगै उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
अदालतको आदेशानुसार दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई कारागार चलान भएका छन् ।
पूर्वराजाको समर्थनमा ०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार र कीर्तिपुरका एक जनाले ज्यान गुमाएका थिए । त्यस्तै, आगलागी, तोडफोड र लुटपाटका घटना भएका थिए ।
सोही प्रकरणमा पक्राउ परेका ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि, हाजिरी जमानीमा छुटेका राप्रपाका रवीन्द्र मिश्र, धवल शमशेरलगायतलाई फरार सूचीमा राखिएको छ ।
प्रतिक्रिया