काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

प्रकाशित मिति: १ असार २०८२, आईतवार १४:२९


काठमाडाैं, असार १ ।
काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना पाख्रिन र एक जना भारतीय नागरिक परम नारायण गिल कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले यसलाई ‘शंकास्पद घटना’ भनेको छ । धादिङकी पाख्रिन भारतीय नागरिक गिलले नै सञ्चालन गर्दैै आएको प्रेसमा काम गर्ने गरेको पाइएको छ ।

प्रहरीकाअनुसार अञ्जनाको टाउकोमा चोट लागेको अवस्थामा सोफामाथि र परम नारायण भुइँमा मृत अवस्थामा भेटिएका थिए । घटना सम्बन्धमाा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....