उपत्यकाकाे जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार ११:१४


काठमाडाैं, बैशाख १३ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

कोरोना भाइरस संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

अब प्रशासन कार्यालयले बैशाख २० गतेसम्म शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम तथा अन्य अत्यावश्यक सिफारिस मात्र दिने जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरूको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरू समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको एक सूचना जारी गरी जानकारी दिएको छ ।

यसैबीच, संक्रमण उच्च हुँदै गएपछि थप कदम चाल्नेबारे आजै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आज दिउँसो १ बजे संयुक्त बैठक बस्न लागेको अधिकारीहरूले जनाएका छन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले पहाडी जिल्लामा २ सय र शहरी क्षेत्रमा ५ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ छलफलमा जुट्न लागेका हुन् ।

यी तीनै जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा जारी हुन सक्ने ठानिएको छ ।

कोरोना जोखिम र आवश्यक कदमबारे छलफल गरी आजै उपर्युक्त निर्णय हुन सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....