वीर अस्पतालमा अब मोबाइलबाटै ओपीडीको टिकट काट्ने सुविधा

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार ११:३२


काठमाडाैं, मंसिर ४ ।
नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका बिरामीले अब मोबाइल एपबाटै ओपीडी टिकट काट्न सक्ने भएका छन् । हालै अस्पतालले मिदास टेक्नोलोजी (प्रा.) लि.सँगको सहकार्यमा वीर हस्पिटल- बुक अपोइन्टमेन्ट नामक एप प्रयोगमा ल्याएको छ ।

अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी यस्ताे व्यवस्था मिलाइएको हाे ।

अंग्रेजी र नेपाली दुबै भाषामा चलाउन सकिने यस एपमा प्रयोगकर्ताले सजिलै रजिस्ट्रेसन गरी आफू वा परिवार र साथीभाईका लागि अपोइन्टमेन्ट बुक गर्न मिल्ने सुविधा दिइएको छ ।

एपबाटै अस्पतालमा उपलब्ध २३ भन्दा बढी विभागमा उपलब्ध डाक्टरको सूची हेरी आफूले चाहेको डाक्टर र समय एपबाटै बुक गर्न सकिनेछ ।

एप प्रयाेगकर्ताले ३० रुपैयाँमै ओपीडी टिकट काट्न सक्नेछन् । यसका लागि आईएमई पे, ई-सेवा र खल्तीमध्ये एक भुक्तानी माध्यमको प्रयोग गर्न सकिनेछ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....