६२० किमि रेञ्ज दिने नेपालको एक मात्र प्रिमियम ईभी यसयूभी सार्वजनिक

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार १८:३२


काठमाडाैं, बैशाख ६ ।
विगत ७ वर्षदेखि  नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स (प्रा.) लि.ले आधिकारिक वितरकको रूपमा चाईनाको विश्व प्रख्यात ब्राण्ड स्काईवेल प्रिमियम लक्जरी ईभी यसयूभी नेपालमा सार्वजनिक गरेको छ ।

६२० किमी रेञ्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी यसयुभि आज बिहीबार एक भव्य समारोहका माझ जी मोटर्स (प्रा.) लि.को राधेराधे भक्तपुरस्थित स्काईवेल शोरुमको समुद्घाटनका साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ ।

उक्त समारोहबीच नेपालस्थित चीनियाँ दूताबासका ईकोनोमिक एण्ड कमर्शियल कन्सुलर सी यू,  स्काईवेल न्यू ईनर्जी भेहिकलका चीनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्स (प्रा.) लि. अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रूपमा शोरुमको समुद्घाटन गरी गाडी सार्वजनिक गरिएको थियो ।

नाडाबाट औपचारिक बुकिङ्ग एवम् ब्राण्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपालमै सबैभन्दा धेरै रेञ्ज दिने ६२० किमिको दूरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको नि:शुल्क बीमा, सडक कर, एक्सचेञ्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिनाभरी रहेको कम्पनी प्रबन्ध-निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्राण्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

स्काईवेल इटि 5 का प्रिमियम र विशेष विशेषताहरू :

  • ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
  • १५० किलोवाट मोटर क्यापासिटी
  • CNACP- 5 Star Safety
  • ६२० किमी रेञ्ज फर्स्ट टाईम इन नेपाल
  • अटो पार्किङ्ग
  • मेट्रिक्स लेजर हेडलाईट
  • मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
  • फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ
  • लक्जरी 2 level foldable rear seats

उच्च प्रविधि युक्त र नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेञ्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी 5 भित्र्याएको हो । स्काइवेल ईटी 5 ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेञ्ज दिन्छ ।

स्काइवेल ईटी 5 मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटी 5 विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यसकाे टपस्पिड १६० प्रति घण्टाभन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउने छ ।

स्वाइवेल ईटी 5 मा प्यानारोमिक सनरुफसहित एक्स्क्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।

स्काईवेल ईटि 5 को नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ ।

जी मोटर्स बारे :
वि.सं. २०७४ सालमा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्राण्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ ।

पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत् स्वाइवेल ब्राण्ड आधिकारिक रूपमा ल्याएको हो । विद्युतीय एसयूभीमा पनि प्रिमियम  सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्राण्ड भित्र्याएको हो ।

जी मोटर्सका प्रबन्ध-निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आबद्ध रहेका छन् । लामो समयको सवारी बिक्री अनुभवमार्फत् स्वाइवेल ब्राण्डसहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....