अमेरिकास्थित एक पार्कमा गाेली चल्दा पाँच घाइते, एककाे अवस्था गम्भीर

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार ११:२७


एजेन्सी, बैशाख ८ ।
अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्ट पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरूको बाक्लो जमघट भएका बेला एकाएक गोली चल्दा कम्तीमा पनि पाँच जना घाइते भएका छन् भने सो मध्येका एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरूमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चार माध्यमहरूले जनाएका छन् । गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यामिक विद्यालयका सयौँ विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

ग्रीनवेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एक जना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थीर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

घाइते हुने पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत् बोबर्सले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....