ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु

प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार १०:३०


एजेन्सी, बैशाख ९ ।
भारतको राजस्थानको झालावार जिल्लामा आज आइतबार बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँनजिकै बिहान पौने ३ बजे भएको थियो ।

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मन्छिन्द्रनाथकाे मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....