आन्दाेलनमा उत्रिएका १६ जना सिंहदरबारकाे दक्षिण गेटबाट पक्राउ

प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार १८:०६


काठमाडाैं, बैशाख ९ ।
विभिन्न मागहरू राखेर प्रदर्शनमा उत्रिएका करिब जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ ।

प्रहरीले सिंहदरबारस्थित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका कारण उनीहरूलाई पक्राउ गरिएको जनाएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ।’

उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....