एनआईसी एशिया बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया नियुक्त

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार १३:२६


काठमाडाैं, बैशाख १५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरू, विभागहरू एवम् इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगालि सकेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखा परीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए । तत्पश्चात् एन आई सी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेत्तृत्वदायी भूमिकामा रही बैंकको व्यावसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकको विभिन्न विभागहरू तथा इकोसिस्टमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको Transformational Journey मा अतुलनीय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यावसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने पूर्ण विश्वासका साथ उनलाई हार्दिक बधाई र शुभकामनासमेत व्यक्त गरेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....