उपनिर्वाचन : ‘एक्जिट पाेल’काे नाममा नक्कली मतदान, प्रहरीद्वारा सामाग्री जफत

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार १५:५०


काठमाडाैं, बैशाख १५ ।
इलाम-२ मा जारी उपनिर्वाचनमा ‘एक्जिट पोल’ को नाममा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामाग्रीहरू जफत गरेको छ ।

इलाम बजारमा रहेको महेन्द्र रत्न क्याम्पस केन्द्रबाट ‘एक्जिट पोल’ गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो । क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा ‘एक्जिट पोल’ गराएको खुलेको हो । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुनः मतदान गर्न लगाउने शर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुनः नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामाग्रीहरू बरामद गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । कुन संस्थाले ‘एक्जिट पोल’ गर्न लगाएको भन्ने खुलेको छैन । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामाग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....