नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यावसाय साझेदारीसम्बन्धी सम्झौता

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १३:५७


काठमाडाैं, बैशाख १६ ।
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यावसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा शुक्रबार आयोजित सं‌क्षिप्त समारोहमा दुबै पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ-नयाँ उद्योग व्यावसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्‍याउन आवश्यक छ । यस्तो अवस्थामा लगानी पुर्‍याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानीपश्चात् विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको हो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन (प्रा.) लि. सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो । त्यसैगरी लगानी हब (प्रा.) लि. लगानीको नयाँ-नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यावसायमा लगानीको श्रोत पुर्‍याउने गरी स्थापित कम्पनी हो । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....