नेपाल हाइड्रो एक्पो-२०८१ : एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १५:२६


काठमाडाैं, बैशाख १६ ।
११ बैशाख २०८१ देखि १४ बैशाख २०८१ सम्म काठमाडौंंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको थियो । एक्पोमा एक्सप्लोर अर्थमुर्भस (प्रा.) लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्पसमेत प्रदर्शनीमा राखिएको थियो । भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता एक्सप्लोर अर्थमुर्भस (प्रा.) लि. रहेको छ ।

उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्ष पावर गरी विभिन्न क्षमतामा उपलब्ध छ ।

नेपालमा ऊर्जाको क्षेत्रमा धेरै आयोजनाहरू निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ । धेरै ग्राहकहरूले यस्तो पम्प खरिद गरी आफ्नो आयोजना पूरा गरी सक्नु भएको र जसले खरिद गर्नु भयो उहाँहरू सन्तुष्ट हुनुहुन्छ ।

साथै कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्दत मिल्ने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मन्छिन्द्रनाथकाे मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....