गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार ११:३९


काठमाडाैं, बैशाख १८ ।
गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आराेपमा काभ्रेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन् ।

ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध-११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट गाईको छाला र खुट्टाहरू पनि बरामद भएको प्रहरीको भनाई छ । नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....