ठूलाे परिमाणमा नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १४:११


काठमाडाैं, बैशाख १८ ।
वीरगञ्जबाट प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई वीरगञ्जको घण्टाघरनजिकबाट सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पञ्चायत-४ घर भएका ३० वर्षीय क्यामुद्धिन मियाँ र बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-२ की ४० वर्षीया हलिमा खातुन रहेका छन् । विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरीकाे टोलीले उनीहरूलाई घण्टाघर चोकनजिकबाट पक्राउ गर्न सफल भएकाे हाे ।

भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनीहरूलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरीर खानतलासी गर्दा दुबै जनाको साथबाट १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरीक्षक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....