गरिमा विकास बैंक र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता सम्पन्न

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार २०:१५


काठमाडाैं, बैशाख १८ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट (प्रा.) लि. (नेपालका लागि टोयोटा गाडीको आधिकारीक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई गरिमा विकास बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बिक्रम राजभण्डारीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट (प्रा.) लि.बाट ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।

ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुबै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सम्झौतापश्चात् युनाइटेड ट्रेडर्स सिन्डिकेट (प्रा.) लि.ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

काठमाडाैंको लाजिम्पाटमा आफ्नाे केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....