ललितपुरकाे माेबिल राखिएकाे टहराेमा आगलागी हुँदा घाइते भएका दुई बालिकाकाे मृत्यु

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार २१:४०


काठमाडाैं, बैशाख २४ ।
ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित एक टहराेमा भएको आगलागीमा परी घाइते भएका दुई जना बालिकाको मृत्यु भएको छ । उपचारको क्रममा उनीहरूको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

उनकाअनुसार आगलागीबाट घाइते भएकी ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको हो । आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका हुन् ।

आगलागीबाट ३५ वर्षीय सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षीया रूपा गिरी गम्भीर घाइते भएका छन् । उनीहरूको किस्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अर्का घाइते १५ वर्षीय नित गिरीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर-१७ स्थित एक टहरोमा आइतबार आगलागी भएको थियाे । मोबिल स्टोर भएको उक्त टहरोमा आगलागी हुँदा तीन जना बालबालिकासहित पाँच जना घाइते भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

एन्फाका सीईओ तुलाधरविरुद्ध भ्रष्टाचारमा लिप्त भएकाे भन्दै अख्तियारमा उजुरी

काठमाडाैं, जेठ ६ । अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन महासचिव एवं वर्तमान प्रमुख.....

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की.....

प्रहरी हिरासतमा रहेका ३५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडाैं, जेठ ६ । कैलाली प्रहरी.....