ललितपुरकाे कुम्भेश्वरमा लागेकाे आगाे करिब डेढ घण्टापछि नियन्त्रणमा
काठमाडाैं, भाद्र ३ ।
ललितपुर महानगरपालिकाको कुम्भेश्वरस्थित काेबहालमा आज साेमबार बिहान अचानक लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा लिएकाे छ ।
ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरस्थित अमिरमान बज्राचार्यकाे घरमा सोमबार बिहान ९ बजेदेखि लागेकाे आगलागी करिब सवा १० बजेपछि मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू प्रयोग गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, महानगर प्रहरी, स्थानीहरू आगो निभाउन जुटेका थिए ।
बिहानको समय भएकाले आगलागी हुँदा घरमा रहेका सबै मानिसहरू सुरक्षित रहेका थिए । घरको माथिल्लो तलाबाट सुरु भएको आगालागीले मानिसहरूलाई क्षति नपुगेको ललितपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट भौतिक क्षतिबारे प्रहरीले संकलन गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया