मुस्लिम समुदायको इदुलफित्र (ईद)को अवसरमा सार्वजनिक बिदा
काठमाडौं, असार ११ ।
मुस्लिम समुदायको एक महिना लामो रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिमहरूको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।
मुस्लिम देशहरूमा आज मनाइने इदुलफित्र नेपालमा भोलि मनाउने तयारी भएको छ । गल्फमा आज चन्द्रमा देखिए सरकारले भोलि सार्वजनिक बिदा दिनेछ । त्यसको विषयमा गृहमन्त्रीस्तरीय बैठक भइरहेकाले साँझसम्म विदाको निर्णय गरिने हज कमिटीले जनाएको छ ।
गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी दिनेछ ।
प्रतिक्रिया