देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार ०८:२८


काठमाडाैं, चैत २९ ।
अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज शुक्रबार बिहान देशभर आंशिक बदलीको अवस्था रहँदा कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसमविद् गोविन्द झाकाअनुसार दिउँसो कोशीसहित पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य भू-भागमा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुन सक्ने र काठमाडौं उपत्यकामा पनि अपरान्ह हल्का वर्षा सम्भावित रहेको जनाइएको छ । भारतबाट आएको जलवाष्पयुक्त हावा कमजोर बन्दै गएकोले शुक्रबारको तुलनामा शनिबार अझै कम पानी पर्ने अनुमान रहेको छ ।

वर्षाका कारण काठमाडौंको वायुप्रदूषण केही घटेको छ । शुक्रबार बिहान पौने ८ बजे मापन गर्दा वायु गुणस्तर सूचकांक १३२ रहेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ । तर मौसम बदली भएसँगै प्रदूषण अझै घट्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, चैत ३१ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम.....