आगामी तीन दिन देशभर हल्का वर्षासँगै हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २७ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
महाशाखाले आज बुधबार साँझ आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज रातिदेखि कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, आगामी तीनै दिन मधेश प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार राति सात वटै प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया