ईदको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

प्रकाशित मिति: १२ असार २०७४, सोमबार ०८:४१


काठमाडौं, असार १२ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको काममा गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाईचाराको प्रबद्र्धन गर्ने विश्वास व्यक्त गरेकी छन् ।

यो पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गराउने जारी शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले रमजानका अवसरमा लामो उपबास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुताको भावना विकास गराउने सन्देशमा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More

डिजि हबले ल्यायो अन्तर्राष्ट्रियस्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

काठमाडौं, चैत २९ । डिजिहब (प्रा.) लि.ले नेपाली शेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....