कालिञ्चोक भगवती मन्दिर जाने पदमार्ग नेपाली सेनाद्वारा पुनः निर्माण

प्रकाशित मिति: १३ असार २०७४, मंगलवार १५:१०


दोलखा, असार १३ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा पर्ने कालिञ्चोक भगवती मन्दिर जाने पदमार्ग नेपाली सेनाको चरीकोटमा रहेको रणभीम गणले पुनः निर्माण गरेको छ ।

धार्मिक र प्राकृतिक क्षेत्र कालिञ्चोक पुग्ने घ्याङडाँडा—कालिञ्चोक पदमार्ग भूकम्पले जताततै भत्काएपछि सेनाले पुनः निमार्ण गरेको हो ।

उकालो बाटो हिँडेर पुगिने मार्गभन्दा करिब एक घन्टा कम समय लाग्ने र हिँड्न सजिलो मार्ग भत्किएपछि हिँड्न नसक्ने र बूढापाकालाई कालिञ्चोकको टुप्पामा पुगेर भगवतीको दर्शन गर्न निकै कष्ट हुने गरेको थियो ।

सजिलो मार्ग भन्दै जबरर्जस्ती भत्केको बाटो जानेहरू पनि भिरबाट लडिने त्रासले त्यसै फर्किने गरेको कुरीका होटल व्यवसायी चन्द्रबहादुर तामाङले बताए । उक्त मार्गको सास्तीपूर्ण यात्रा बेहोरिरहेको देखेपछि गणले पदमार्ग निर्माण अभियान सम्पन्न गरी कालिञ्चोक गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको छ ।

नेपाली सेनाका बाहिनीपति जितबहादुर गुरुङले कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीलाई पदमार्ग निर्माण सम्पन्न भएको प्रमाण बुझाएको थियो ।

सदरमुकामबाट १७ किमी सडक पनि सुधारका क्रममा रहेको र मन्दिर रहेको टुप्पामा पुग्ने दुवैतर्फको बाटो सुरक्षित बनाउन गण क्रियाशील छ ।

गणले जिल्ला समन्वय समितिसँग रु. पाँच लाख ५० हजार र दोलखाका सहयोगीबाट करिब रु.६० हजारको निर्माण सामग्री लिएर बाँकी आफ्नै श्रमदानमा बाटो निमार्ण गरेको गणपति झवीन्द्ररेश्मी मगरले बताए ।

उक्त रकमबाट खुड्किला, फलामको पुल र बार तथा पहिरो रोकथामका लागि पर्खाल लगाइएको छ । स्थानीयवासीले सहयोग गरे अन्य स्थानको समेत बाटो निर्माण गरिने मगरले बताए ।


प्रतिक्रिया


ताजा खबर

More

डिजि हबले ल्यायो अन्तर्राष्ट्रियस्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

काठमाडौं, चैत २९ । डिजिहब (प्रा.) लि.ले नेपाली शेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....