ऐतिहासिक गणमहाविहारको प्राङ्गणमा पवित्र अस्तुधातुसहितको चैत्य

काठमाडौं, असार १५ ।
वि.सं. २०२० सालमा स्थापना भएको ऐतिहासिक गण महाविहारको प्राङ्गणमा नव निर्माण हुने पवित्र अस्थि धातु सहितको चैत्य (वौद्ध स्तुपा) को ‘शिलान्यास’ कार्यक्रम गरिएको छ ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु मैत्री महास्थवीरको प्रमुख आतिथ्यमा विशेष पूजा गरी कार्यक्रम सम्पन्न गरीएको थियो । उक्त कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूतको पनि उपस्थिती रहेको थियो ।
रसना श्रेष्ठ (जयबहाल महाविहार पुनः निर्माण समितिका) अध्यक्षबाट कार्यक्रमको सञ्चालन गरेको थियो भने का.म.न.पा.का मेयर विद्यासुन्दर शाक्यको पनि उपस्थिती रहेको थियो ।
प्रतिक्रिया