‘वर्षायाममा खाल्डाखुल्डी पुरेर बजेट खेर फाल्नु हुँदैन’ : मेयर शाक्य

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १५:११


काठमाडौं, श्रावण १६ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका छन् ।

एसएसपी खनालले आज सडक, यातायात, उपभोक्तालगायतका सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका हुन् । उनले भने, ‘खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ । बाँच्ने व्यवस्थासम्म गर्नेको लागि तत्काल पुर्ने व्यवस्था गर्नुहोला ।’

उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताएका छन् । सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे, ‘म पटक–पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस् ।’

सुन्दर र सफा सहर बनाउन सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे ता पनि मेयर शाक्यले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् । उनले भने ‘अहिले खाल्डाखुल्डी पुर्दा बजेट दुरुपयोग मात्रै हुन्छ । जति आलोचना भएपनि महानगरले खाल्डाखुल्डी पुर्दैन । जनताको करबाट उठेको बजेट यसरी खेर फाल्नु हुँदैन ।’

सडक विभागले गरेको खाल्डाखुल्डी पुर्ने कामको आलोचना भएको भन्दै आफ्नो अडानको बचाउ गरे । वर्षायाम सकिएपछि दशैँसम्म राजधानीका सबै खाल्डाखुल्डी पुरिसक्ने दावी गरे ।

उनले महानगरले ट्राफिक समस्या समाधान गर्ने, महानगरका ४ र ५ ठाउँमा ओभरहेड पुल र पार्किङ मल बनाउने तयारी भइरहेको पनि बताए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....