जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

प्रकाशित मिति: ३० जेष्ठ २०८२, बिहीबार १९:३६


काठमाडाैं, जेठ २९ ।
जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर-४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले जेठ १२ गते छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थसमेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरूले विभिन्न योजनाका कागजातहरू बरामद गरेका थिए भने मोबाइलसमेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्रीसमेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....