भक्तपुरकाे नीलबाराहीमा इन्ड्राइभ माेटरसाइकल र कार एकापसमा ठाेक्किँदा श्रेष्ठद्वय घाइते (फाेटाेफिचर)

काठमाडाैं, जेठ २९ ।
मध्यपुर ठिमी नगरपालिका, नीलबाराही वडा नं.-९ मा आज बिहीबार साँझ ५ बजेर ४० मिनेटकाे समयमा इन्ड्राइभ माेटरसाइकल र कार एकापसमा ठाेक्किँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा वागमती प्रदेश ०२-०४७ प ९७५० नम्बरकाे इन्ड्राइभ माेटरसाइकल चालक कपिलवस्तु घर भइ हाल भक्तपुर बस्ने अन्दाजी वर्ष २५ का टाेपनारायण श्रेष्ठ र इन्ड्राइभ माेटरसाइकल पछाडि सवार रहेका सिन्धुपाल्चाेक घर भइ हाल मध्यपुर ठिमी बस्ने वर्ष २६ का जगतलाल श्रेष्ठ घाइते भएका छन् । दुर्घटनामा परेकाे माेटरसाइकल अगाडिकाे भाग पूर्ण रूपमा क्षति भएकाे छ भने लेक गार्ड, साइड मिरर, ब्रेक, ट्याङ्की र साइलेनसरमा क्षति पुगेकाे छ ।
बा. ७ च १८४० नम्बर रहेकाे कार चालक मध्यपुर ठिमी नीलबाराही वडा नं.-९ घर भएका मानबहादुर गुरुङ्ग रहेका छन् । कार चालक सकुशल रहेकाे र गाडीमा भने दायाँ पट्टिकाे भागमा क्षति पुगेकाे छ ।
दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि अस्पताल पठाइएकाे छ भने माेटरसाइकल पछाडि सवार जगतलालकाे हात, खुट्टा, ढाड र टाउकाेमा चाेट लागेकाे छ । प्रत्यक्षदर्शीहरूले दिएकाे सामूहिक जानकारीअनुसार इन्ड्राइभ चालकले माेटरसाइकलकाे तीब्रता ९० भन्दा बढी गतिमा बाइक हुँकिएकाे र नीलबाराहीकाे बाटाेबाट गाडी राेडमा निस्किँदा बाइकले ब्रेक कन्ट्राेल गर्न नसकिएर गाडीमा ठाेक्किँदा माेटरसाइकल पछाडि बस्ने यात्रु उछिट्टिएर करिब ५० मिटर पर पछारिएकाे थियाे । इन्ड्राइभ चालक टाेपनारायणकाे पनि हात, खुट्टा र शरीरका अन्य भागमा चाेटपटक लागेकाे छ ।
घटनापश्चात् नेपाल प्रहरी र ट्राफिक घटनास्थलमा पुगेपछि आवश्यक अनुसन्धान गरेर दुइटै सवारी साधन नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेकाे ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीकाअनुसार त्यहाँ रहेकाे सिसीटिभी फुटेज हेरेपछि मात्र थप विस्तृत विवरण आउने बताएका छन् ।
प्रतिक्रिया