‘खुशीसाथ कर तिर्न तयार हुने वातावरण नबने सम्म देशले उन्नति गर्न नसक्ने’ : मन्त्री विश्वकर्मा

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १६:२४


इटहरी, श्रावण १६ ।
वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालले वाणिज्य क्षेत्रमा घाटा बेहोर्दै आएकाले घाटा पूर्ति गर्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन काम गर्ने बताएको छ ।

मन्त्री विश्वकर्माले आज सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बधाई तथा कार्यकालको सफलताका लागि शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा आर्थिक अवस्था सुधारका लागि दृढ भएर काम गर्ने बताएको हो ।

मन्त्री विश्वकर्माले प्रदेश नं १ मा हुने उत्पादनलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वी नेपालका किसानले उत्पादन गर्दै आएको अदुवा, रुद्राक्ष, अलैँची, अकबरे खुर्सानी, चिया, कफी, दूधलगायतलाई निर्यात प्रवद्र्धन गर्न सकिने बस्तुको स्तरीकरण एवं प्रशोधन गर्ने विषयमा विशेष ध्यान दिने उनको भनाई थियो ।

‘करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउन लागेको छ,’ उनले भने । खुशीसाथ कर तिर्न तयार हुने वातावरण बन्न नसकेसम्म देशले उन्नति गर्न नसक्ने उनको भनाई रहेको थियो । चाँडै नै करदाता सम्मान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्री विश्वकर्माले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....