सत्तारूढ दलका कारण मधेशको माग पुरा नभएको थापाको आरोप

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १८:१५


काठमाडौं, श्रावण १६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलले नै मधेशको माग पुरा गराउन नचाहेको आरोप लगाएका छन् ।

अाज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले वर्तमान सरकार तथा कांग्रेस र माओवादी राजनीतिक स्वार्थमा चुर्लुम्म डुबेर मुलुकलाई घाटा गराइरहेको आरोप समेत लगाए ।

सत्तामा जान ठिक्क परेका मन्त्रिमण्डल विस्तारका बेला कुनै वास्ता नगरेपछि सत्तापक्षसँग सम्बन्ध बिच्छेदको स्थितिमा रहेको राप्रपा अध्यक्ष थापाले मुख्य दलका स्वार्थरूपी सोचले मधेशमा बिखण्डनकारी जन्माएको दाबी गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सत्तारुढ कांग्रेस र माओवादीको चर्को आलोचना गर्दै यी दुई सत्तारुढ दल संविधान संशोधन गरेर मधेशको मागलाई पूरा गर्ने मनसायमा नरहेको बताएका छन् ।

उनका अनुसार, संविधान संशोधनको पक्षमा मत हाल्ने पार्टीको सर्वसम्मत निर्णय नै भएको थियो, ‘हाम्रा सांसद् कसरी उपस्थित भएनन्’ थापाले भने, प्रश्न गदैै थापाले – ‘कांग्रेस र माओवादीको नियत नै ठीक छैन । षडयन्त्र आफू गर्ने र दोष अरुलाई लगाउने काम उनीहरू गर्दै आएको छ ।’

त्यसो त मधेशवादी दलले पनि नेपाली कांग्रेसले नै आफूहरूलाई प्रदेश नं. २ को निर्वाचनमा भाग नलिने वातावरण बनाइरहेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....