भरतपुर–१९ मा श्रावण २० गते पुनः मतदान हुने

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार १७:३३


चितवन, श्रावण १७ ।

चितवनको भरतपुर महानगरपालिका–१९ का सबै मतदान केन्द्रमा श्रावण २० गते पुनः मतदान हुने गरी मिति तोकिएको छ ।

चितवनमा मंगलबार बसेको सर्वदलीय बैठकले श्रावण २० गते निर्वाचन गराउने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

निर्वाचनका लागि मौन अवधि आजैदेखि लागू भएको छ भने मौन अवधिमा सभा, सम्मेलन र प्रचार–प्रसार गर्न तथा झण्डा प्रदर्शन गर्न पाइने छैन ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत बैशाख ३१ गते मतदान भएपछि मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो ।

उक्त घटनापछि सर्वोच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आज आइतबार.....