एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

प्रकाशित मिति: ३० जेष्ठ २०८२, बिहीबार १५:५१


एजेन्सी, जेठ २९ ।
गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलका सदस्यहरूसहित २ सय ४२ जना सवार रहेका थिए । दुर्घटनालगत्तै घटनास्थल पुगेको राहत तथा उद्धार टोलीले उद्धार कार्य सुरु गरेको छ । दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए ।

विमान दुर्घटनापछि यस उडानका यात्रुहरूको सूची पनि प्रकाशमा आएको छ । एयर इन्डियाको दुर्घटनाग्रस्त विमान (उडान नम्बर एआई १७१) मा जम्मा २३० यात्रु थिए । गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको नाम पनि यस उडानका यात्रुहरूको सूचीमा समावेश रहेको छ । विजय रुपानीको नाम यात्रु सूचीमा १२ औँ नम्बरमा छ र उनको सिट नम्बर २डी रहेको छ ।

विजय रुपाणी लन्डन जाँदै थिए । जानकारीअनुसार, यो विमान बिहान १:३८ बजे अहमदाबादको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको लागि उडेको थियो, यो विमान विमानस्थलको सीमा पार गर्न पनि सकेन । एयर इन्डियाको यो विमान बिहान १:४० बजे दुर्घटनाग्रस्त भयो र अहमदाबादको आकाश धुँवाले ढाकिएको थियो ।

गृहमन्त्री अमित शाहले दुर्घटनाको बारेमा गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलसँग फोनमा कुरा गरेका छन् । राहत र उद्धारका लागि सातदेखि आठ दमकलका गाडीहरू घटनास्थलमा पुगेका छन् । राष्ट्रिय आपत् उद्धार बल (एनडीआरएफ) का टोलीहरू पनि घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेका छन् । अहमदाबादका सबै अस्पतालहरूलाई सतर्कसमेत गराइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....