चूडामणि शर्मालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चको आदेश

काठमाडौं, श्रावण १७ ।
सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
कर छली प्रकरणमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते पक्राउ गरेको थियो । कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ हिनामिना गरेको आरोप उनलाई लागेको छ ।
अब उनी अख्तियारको हिरासतबाट प्रहरीको हिरासतमा रहने छन् । न्यायधीशहरू दिपकराज जोशी, दिपक कुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
प्रतिक्रिया