महामन्त्री सिंहको भनाई ‘मत सीमाको प्रावधान अनुपर्युक्त’

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार ०६:३६


काठमाडौं, श्रावण १८ ।
नेकपा (मसाल)ले राष्ट्रिय पार्टी बन्न निर्वाचनमा एक सिट प्रत्यक्ष जित्नुपर्ने तथा खसेको सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने गरी ल्याउन लागेको विधेयक उपर्युक्त नभएको ठहर गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार एक विज्ञप्ति जारी गरी एक सिट प्रत्यक्ष जित्नुपर्ने तथा तीन प्रतिशत मत ल्याउनुपर्ने दोहोरो प्रावधान विश्वमै कहीँ नभएको बताए ।

यसको उद्देश्य भिन्न मत राख्ने राजनीतिक पार्टी वा सङ्गठनलाई सखाप गर्नु रहेको विज्ञप्तिमा दाबी गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रप्रमुखको नीति उपर्युक्त नभएको तथा यसले देशलाई अधिनायकवादतर्फ लैजाने उल्लेख छ ।

यस्तै भरतपुरको मतगणनाबारे सर्वोच्चको फैसला उपर्युक्त नभएको सो पार्टीले ठहर गरेको छ । अहिले संविधान संशोधनभन्दा प्रादेशिक तथा संसदीय चुनावमा मुख्य जोड दिनुपर्ने महामन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

ताजा खबर

More

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आज आइतबार.....