गैससलाई व्यवस्थापन गर्न ठोस निर्णय गर्ने तयारीमा : मन्त्री कोइराला

काठमाडौं, श्रावण १८ ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाले आर्थिक पारदर्शीता कायम गरी जनताको सेवामा जुटेर आफूलाई निश्कलङ्कित गर्नुपर्ने बताएकी छन् ।
गैरसरकारी संस्थाद्वारा मंगलबार आयोजित ‘राष्ट्रिय सम्वाद’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय र समाज कल्याण परिषद्सँगै बसेर गैरसरकारी संस्थालाई व्यवस्थापन गर्ने ठोस निर्णय गर्न लागेको बताइन् । गैरसरकारी संस्थाले एउटा निश्चित उद्देश्य राखेर काम गरे मात्र जनताले चाहेको परिणाम आउने उनको भनाई थियो ।
व्यवस्थापिका–संसद्, कृषि तथा जलश्रोत समितिका सभापति मोहन बरालले नागरिक अधिकारको बहालीमा गैरसरकारी संस्थाले गरेको योगदान कसैले नकार्न नसक्ने भन्दै खानेपानी तथा सडकजस्तो आयोजनामा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेकोमो जोडसमेत दिएका छन् ।
पूर्वन्यायाधीश रामनगिनाप्रसाद सिंह, राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहाल, गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतम, मानवअधिकार एलाइन्सका महासचिव पद्यप्रसाद खतिवडा, मानवअधिकारवादी नेता कपिल श्रेष्ठ र सुबोधराज प्याकुरेललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया