राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार १५:१४


काठमाडौं, श्रावण १८ ।
मधेसकेन्द्रित विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ । नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो ।

राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्तरूपमा झण्डोत्तलन गरेका थिए ।

अध्यक्ष मण्डलका अर्को नेता राजकिशोर यादव भने उपत्यका बाहिर भएकाले अनुपस्थित भएका छन् । कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको छ ।

पार्टी एकिकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेश हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्ष मण्डलका नेता अनिल झाले जानकारी दिएको छ । बैठक तीन दिनसम्म चल्ने राजपाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....