भरतपुर मनपा उम्मेदवार रेणु दाहाललाई फेसबुकबाट गालीमा गर्ने निरभ ज्ञवाली पक्राउ

काठमाडौं, श्रावण १८ ।
भरतपुर महानगरपालिकाका उम्मेदवार रेणु दाहाललाई फेसबुक मार्फत गाली गर्ने उनका प्रतिद्वन्द्वी उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंका टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको हो ।
साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकोले काठमाडौं प्रहरीबाटै हेर्ने गरि उनलाई पक्राउ गरिएको जनाएको छ ।
ज्ञवालीविरूद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेको भनेर उजुरी दिएपछि निरभलाइ पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा दुई लाख जरिवाना र पाँच वर्ष सम्म कद हुन सक्छ वा दुबै सजाय हुन सक्छ ।
मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते पुनः चुनाव हुँदैछ ।
प्रतिक्रिया