योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार १०:४९


काठमाडौं, श्रावण १९ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले वाग्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि सुशील कोइरालाको प्रधानमन्त्रीकालमा पनि योजना आयोगका सदस्य थिए ।

अष्ट्रेलियाको नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

२०३१ सालमा गोरखामा जन्मिएका वाग्ले योजना आयोगको उपाध्यक्षमा पुग्ने सम्भवतः सबैभन्दा कम उमेरका योजनाविद् हुन् । उनी २०४६ सालको व्याचका एसएलसीका वोर्ड सेकेन्ड हुन् ।

उनले विश्व बैंकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीको रूपमा समेत काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रूपमा काम गरेको अनुभव छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....