काठमाडौंमा आजदेखि ‘जिम्मेवार व्यवसाय सम्मेलन’ सुरु

काठमाडौं, श्रावण १९ ।
सामाजिक उत्तरदायित्व र व्यावसायिक आचरणका विविध विषयमा छलफल गर्ने उद्देश्यले काठमाडौंमा आजबाट जिम्मेवार व्यवसाय सम्मेलन सुरु भएको छ ।
राष्ट्रिय व्यापार पहल (National Business Initiatives) द्वारा आयोजित दोस्रो Responsible Business Summit को आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको दिगो विकासका लागि व्यापारिक गतिविधिमा इमान्दारिता र जवाफदेहिता अनिवार्य हुने धारण व्यक्त गरेका छन् ।
उनले दिगो अर्थतन्त्र निर्माणमा व्यापारी, व्यवसायीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुँदा त्यसमा लाग्न अनुरोध गर्दै सरकार पनि व्यापारीको साथमा रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनबीआईका अध्यक्ष रूप ज्योतिले यो कार्यक्रम सबैले आफ्नो नैतिक, जिम्मेवार, र दिगो व्यापार प्रदर्शन गर्ने एउटा महत्वपूर्ण मंच हुने विश्वास रहेको बताए ।
दुई दिन सम्म चल्ने यो सम्मेलनमा विभिन्न विषयमा छलफल हुने छ भने पहिलो व्यवस्थापन प्रणालीमा कम्पनीको भित्री अभ्यासबारे समीक्षा गरिनेछ ।
यसैगरी जिम्मेवार व्यवसायलाई दीर्घकालसम्म निरन्तरता दिने गरी गर्नुपर्ने कदमलगायत विषयमा छलफल हुनेछ । शैक्षिक संस्थासँग समन्वय गर्ने विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा ५ सयभन्दा बढीको सहभागिता छ ।
प्रतिक्रिया