रास्वपा सभापति लामिछानेविरुद्ध सहकारीको रकम अपचलन अभियोगमा पर्सामा मुद्दा दर्ता

काठमाडाैं, असार १ ।
सहकारी ठगी तथा संगठित अपराधमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा पनि मुद्दा दर्ता भएको छ ।
पर्साको सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीसहित २९ जनालाई प्रतिवादी बनाइएको मुद्दामा सानो पाइलाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।
पूर्वसञ्चालक तथा संरक्षक जिबी राई रहेको सानो पाइला सहकारीका करिब ८ सय बचतकर्ता रहेका छन् ।
प्रहरीले गत बैशाख १४ गते नै अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाए पनि मुद्दा दर्ता गर्न ढिलो गरी भएको हो ।
लामिछाने हाल रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारको थुनामा छन् ।
उनीमाथि पाँच वटा सहकारीमा ठगी गरेको मुद्दा रहेको छ ।
प्रतिक्रिया