‘नेपालमा बसेर नेपालविरुद्ध गतिविधि बन्द गर’ : सांसद् महासेठ

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार १४:०६


काठमाडौं, श्रावण १९ ।
सांसद् रघुवीर महासेठले भारतीय राजदूतलाई चेतावनी दिएको छ । चेतावनी दिँदै उनले भने, ‘नेपालमा बसेर नेपालविरुद्ध गतिविधि बन्द गर ।’

नेपालमा जन्मसिद्ध मधेशी नेता कहिले पनि भारतको हस्तक्षेप चाहँदैन भन्ने उदाहरण उनले दिएका छन् । असोज २ गते २ नम्बर क्षेत्रमा चुनाव हुन्छ । चुनावको विरोधमा कसैलाई पठाइयो, विरोध गरियो भने मधेशी जनता चुप लागेर बस्ने स्थिति हुँदैन, अब भारतीय दूतावासले यो कुरा बुझ्नु जरुरी छ ।

महासेठले पत्रकारका सामु उभिएर खुलस्त भनेका छन् ‘राजपा नेपालले वर्तमान सरकारलाई गाली गर्नु भनेको तँ कुटेजस्तो गर, म रोयजस्तो गर्छु भनेजस्तै हो, राजपाको यो के रुवाई हो ? मैले बुझ्न सकेको छैन ? यता सरकारको गाली गर्ने अनि उता टाँसिएर बस्ने, समर्थन दिइरहने, राजपाको यो कस्तो रणनीति हो ?

महासेठले अगाडि भने, ‘हामी त अहिले नेपालभित्रै रहेका नेपाली विदेशीहरूबाट बढि खतरा देखिरहेका छौं । मधेशमा सप्तरी र टिकापुरजस्तै घट्ना घटाउने योजनाहरू भए पनि र यसको लागि अर्बो र खर्बो खर्च गर्ने प्रयास भए पनि जनताले सबै षड्यन्त्रलाई परास्त पार्नेछन् ।’

भारतले बुझ्ने समय आएको छ, मधेशका अंगीकृत र भारतवादी नेताहरूमात्र छैनन्, राष्ट्रवादी नेताहरू पनि छन् । सबैलाई किन्न सकिएला तर देशभक्त ब्लुब्लडेड नेपाली जनतालाई किन्न सकिएला र । सावधान : महामहिम राजदूत मञ्जिव सिंह पुरीजी ?


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारीको रकम अपचलन अभियोगमा पर्सामा मुद्दा दर्ता

काठमाडाैं, असार १ । सहकारी ठगी तथा संगठित अपराधमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....