टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको एमाले सचिव भट्टराईको भनाई

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार १४:२५


जनकपुरधाम, श्रावण १९ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएको छ ।

जनकपुरमा आज पत्रकार भेटमा उनले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भने ।

एक प्रसंगमा उनले टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको छ भने । भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र सो बारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको उनले धारणा व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....