पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

प्रकाशित मिति: १ असार २०८२, आईतवार २१:३६


काठमाडाैं, असार १ ।
नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । जसअनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेलमा प्रति लिटिर दुई रुपैंयाँ मूल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज आइतबार १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ ।

यसैगरी, निगमले ग्याँसको मूल्य भने यथावत ने राखेको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलि सोमबारदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....